आइतवार, श्रावण २४ गते २०८३

कारागारबाटै रविले बनाए नयाँ योजना, रास्वपाका सबै सांसद रुपन्देही जानुको कारण के हो ?

मंगलवार , श्रावण १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला रुपन्देहीको भैरहवा कारागारमा छन् । रविले आफूलाई काठमाडौँमा भएका कारागारमा सरुवा गर्न माग गरेका थिए । अदालतले पनि उनलाई सरुवा गर्न आदेश दिएको छ ।

तर, गृहमन्त्री रमेश लेखकले सत्ताको आडमा उनको सरुवा रोकेका छन् । राज्यले आफूमाथि अन्याय गरेपछि रवि लामिछानेले आगामि योजना कारागारबाटै बनाएका हुन् । विषेश गरि कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे उनले योजना बनाएको खुलेको छ ।

रुपन्देही-३ हुने उपनिर्वाचनमा जित हासिल गर्न सकेमा रास्वपालाई ठुलो राहत मिल्ने छ । रविको सन्देशपछि रास्वपाका सबै सांसद रुपन्देही पुगेका छन् । जसअनुसार रास्वपाको संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । त्यसकारण पार्टीका सबै सांसदहरु रुपन्देही पुगेका हुन् । 

पार्टी सभापति लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बताएको छ ।
रुपन्देहीमा रास्वपा सांसदहरुले दुई-तीन दिन बिताउने छन् । रुपन्देही-३ का मतदाताहरुसँग भेटेर चुनावी अभियानको अनौपचारिक थालनीसमेत गरिनेछ । यस्तै, भैरहवाको कारागारमा रहेका सभापति रवि लामिछानेलाई सांसदहरुले भेट्नेछन् । रास्वपाले रुपन्देही-३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ ।

रुपन्देही-३ मा कुन पार्टी बलियो छ भन्नेबारे बुझ्न गत निर्वाचनको समानुपातिक मत हेर्नुपर्छ । २०७९ को संघीय निर्वाचन अन्तर्गत रास्वपाले रुपन्देही-३ मा समानुपातिक तर्फ १४ हजार १५४ मत ल्याउदै तेस्रो स्थान ओगट्न सफल भएको थियो । समानुपातिक निर्वाचनको नतिजा अनुसार रुपन्देही-३ मा रास्वपा निकै बलियो देखिएको छ । यदि उपनिर्वाचनमा रास्वपाले जित हात पारेको खण्डमा कांग्रेस एमालेलाई ठुलो धक्का लाग्ने छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार