आइतवार, कार्तिक ९ गते २०८३

डोरमणि पौडेलले यसरी छोडे सरकारी निवास 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार सरकारी निवास छोडेका छन् । बागमती प्रदेश सरकारको नेतृत्व ४२ महिना सम्हालेका मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएका हुन् । 

पौडेलले सरकारी निवास छोड्दा उनको बिदाइमा सहभागी एमालेका नेता/ कार्यकर्ताहरूले पौडेललाई स्कर्टिङ गरेर उनको निजी निवास हेटौंडा-११, नवलपुर पुर्‍याएका थिए ।

dormani-paudel-1.jpg

पौडेलले अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै बिहीबार मुख्यमन्त्रीको सरकारी निवास छोडे । पार्टी विभाजन रोक्ने भन्दै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई सो पदमा प्रस्ताव गरेका थिए । बुधबार पौडेलले दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार