आइतवार, श्रावण २४ गते २०८३

श्रीमान् रेशमलाई फन्फनी घुमाइरहेकी रञ्जितालाई ठुलै झट्का, श्रीमान्-श्रीमतीको झगडाले लियो उग्ररुप !

बुधवार , श्रावण १४, २०८२

काठमाडौँ । श्रीमान् श्रीमतीको झगडा ‘परालको आगो जस्तै’ हो भनिन्छ । जति चाँडो परालमा आगो लाग्छ, त्यति नै चाँडो निभ्छ पनि ।  त्यस्तै श्रीमान् श्रीमतीको झगडा पनि जति चाँडो हुन्छ र मेलमिलाप पनि छिटो नै हुन्छ ।

तर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता चौधरीबीचको झगडा भने कहिले ननिभ्ने आगो जस्तै बनेको छ । परालमा लागेको आगो केही छिनमै निभ्छ । तर, रेशम र रञ्जिताबीचको झगडा दुई वर्ष भइसकेको छ । झगडा झनै चर्किदै गइरहेको छ ।

रेशम जेलमा हुँदासम्म राम्रै सम्बन्ध थियो । २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रेशम जेलबाट रिहा भए । त्यसपछि रञ्जिताले पति रेशमलाई फन्फनी घुमाउन थालिन् । रञ्जिताले सिंगो नाउपा हाइज्याक गर्ने कोशिस समेत गरिन्। यतिसम्म की रेशमलाई पार्टीबाट निकाल्ने प्रयास समेत रञ्जिताले गरेकी हुन्। ‘एक दिन सबैको पालो आउँछ’ भन्ने उखान अहिले ठ्याक्कै रेशमसँग मिलेको छ । दुई वर्षसम्म श्रीमतीको अत्याचार सहेर बसेका रेशमको अब भने पालो आएको देखिन्छ  । 

यससँगै आफ्नै श्रीमानलाई फन्फनी घुमाइरहेकी रञ्जिता श्रेष्ठलाई आज ठुलै झट्का लागेको छ । रेशम चौधरी पक्षले रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको हो । पार्टीमा मनपरि गर्ने, रेशमलाई फन्फनी घुमाउने अनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग हातेमालो गर्ने रञ्जिता अब नाउपाको अध्यक्षबाट बाइपास भएकी छन् । नाउपाले रञ्जितालाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो । 

पार्टीको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको छ । आफ्नै घमण्डका कारण रञ्जिताले अध्यक्ष पद गुमाउनु परेको हो ।  रञ्जिताले ओली सरकारका मन्त्रीसँग हातेमालो गरेर घुस डिल गरेका म्यासेज सार्वजनिक भएका छन् । तर, सत्ताको आडमा रञ्जिता खुलेआम हिडिरहेकी छन् ।

रेशमले भने रञ्जितालाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । साथै रेशमले उनलाई अध्यक्षबाट समेत हटाउन बाध्य भए । आफूलाई पार्टी अध्यक्षबाट हटाएपछि रञ्जिताले श्रीमान् रेशमसँग बदला लिएरै छाड्ने मनशाय बनाएकी छन् । यतिसम्म की उनले अब पार्टी फूटाउने तयारी गरेको स्रोतको दाबी छ । खैर, फेरि श्रीमान् श्रीमतीको झगडा उत्कर्षमा पुगेको छ । यो झगडाले उग्ररुप लिने देखिन्छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार