मंगलवार, आश्विन १३ गते २०८३

सहकारीले बचतकर्ताको ५ करोड ९० लाख अपचलनको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । ५ करोड ९० लाख भन्दा बढी रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी रहेका छन् । दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २०८१ वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार