काठमाडौँ । २३ वर्षीय पूर्व नवयुवराज हृदयेन्द्र शाहको चौतर्फी प्रशंसा भइरहेको छ । नेपालका अनेकौँ सुन्दर गन्तव्यहरूमध्ये एक हो, कर्णाली प्रदेशको जुम्ला ।
केही समय अगाडि पूर्व नवयुवराज हृदयेन्द्र जुम्लाको भ्रमणमा गए । हसिलो अनुहारमा देखिएका हृदयेन्द्रले जुम्लामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक रीतिरिवाज र स्थानीय जीवनशैली साक्षात्कार गरे ।
हृदयेन्द्रको मनमा लाग्यो- अब जुम्लाको सुन्दर गन्तब्यलाई संसारभर चिनाउनु पर्छ । र, यहाँ धरै भन्दा धेरै पर्यटकलाई भित्र्याएर जुम्लाबासीको जिवनस्थर माथि उठाउनुपर्छ ।
सोही उदेश्यले उनले जुम्लाका सुन्दर दृश्य भिडियोमा कैद गरे । हृदयेन्द्रको यात्रा तिला नदीको किनारबाट सुरु हुन्छ, जुन कर्णाली नदीको एक प्रमुख सहायक नदी हो। शान्त र सुन्दर नदीको किनारमा बसेर उनले भने, ‘आज म जुम्लामा छु, जुन कर्णालीमा पर्छ। नेपालमा घुम्नका लागि धेरै ठाउँहरू छन् र यो तीमध्ये एक हो।’
यात्राका क्रममा हृदयेन्द्रले स्थानीयवासीहरूसँग भलाकुसारी गर्नुृका साथै भिडियोमा जुम्लामा भएका पाकृतिक र मानव निर्मित संरचनालाई झल्काएका छन् । हृदयेन्द्रले बनाएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सम्भवत् अहिलेसम्म कुनै पनि राजनीतिक दलका नेताका छोराले यस्तो काम गरेका छैनन् । तर, पूर्व नवयुवराज हृदयेन्द्रलाई आफ्नो माटोप्रति कति माया छ । यहि भिडियोबाट प्रष्ट हुन्छ ।
हृदयेन्द्रलाई जुम्लाबारेमा चिनाउने पञ्चकली बुढा हुन। पञ्चकलीले बिचबिचमा गीत पनि गाएकी छन् ।
जुम्ला फल्छ धान, जुम्ला फल्छ धान
संसारकै अग्लो ठाँउमा
कोइ सुन्दैनन् कान
कर्णाली रोएको आवाज ।
पञ्चकलीले गाएको यो मन छुने गीतले पनि हृदयेन्द्रको जुम्लालाई संसारभर चिनाउने प्रयासमा निकै मलजल गरेको देखिन्छ । गीत गाउँदै हृदयेन्द्रलाई जुम्ला चिनाउने पञ्चकलीले हृदयेन्द्र शालीन भएको बताएकी छन् ।
उक्त भ्रमणमा हृदयेन्द्रको शालीनता,संवेदनशीलता, जनताप्रतिको आत्मीयता, संस्कारप्रतिको सम्मान र राष्ट्रप्रतिको जिम्मेवारीबोध झल्किएको छ । अहिले जतात्यतै हृदयेन्द्रको प्रशंसा भइरहेको छ ।
भिडियो सेयर गर्दै हृदयेन्द्रले पनि फेसबुकमा लेखेका छन्,‘प्राकृतिक सौन्दर्यले भरिएको जुम्लाको कुना कन्दरामा पाइला टेकेँ, जहाँ सरल तर आत्मीय मानिसहरूको मायाले मन छोयो। यो यात्रा केवल स्थानको मात्र होइन, भावना, संस्कार र नेपालीपनको गहिरो अनुभव थियो । जुम्ला, तिमीले देखाएको न्यानो मायाको लागि धन्यवाद’