आइतवार, कार्तिक ९ गते २०८३

पुर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्तरगत अमलेखगंजमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएर चुरियामाई मन्दिरको ओरालोमा मोटरसाईकललाई ठक्कर दिई सडकमा पल्टिँदा अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका-११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ चौकी टोल बस्ने ३५ वर्षीय इन्द्रबहादुर कार्कीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार