काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तिनकुनेमा राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले उक्त घटनाको मूख्य दोषी मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ठहर गर्यो ।
राज्यले आफूलाई मार्न सक्ने भन्दै भिडियो सन्देश जारी गरेर फरार भएका दुर्गा प्रसाईँ चैत २८ गते भारतबाट पक्राउ परे । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दियो ।
तर, जेल परेको ११६ दिनमा दुर्गा प्रसाईँको भाग्य चम्किन पुग्यो । उच्च अदालत पाटनले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ ।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’
केही दिन अगाडिमात्रै प्रसाईँले जेलबाट सन्देश जारी गर्दै आफूले जेलबाटै नयाँ योजना बनाइरहेको बताएका थिए । सधै भ्रष्टाचारीहरुको मुटु काप्ने गरि बोल्ने प्रसाईँ अब कसरी अगाडि बढ्छन् । त्यो भने हेर्न बाँकी छ । प्रसाईँ छुटेसँगै राजतन्त्र पक्षधर खुसीयाली मनाइरहेका छन् ।
यस्तो छ ओदश
