मंगलवार, आश्विन १३ गते २०८३

पूर्व-पश्चिम एसियन, जुम्ला–सुर्खेत र जयपृथ्वी राजमार्ग अवरुद्ध

बुधवार , श्रावण २१, २०८२

काठमाडौँ । पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ ।

हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।

जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो । कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक जुम्ला सुर्खेत सडकखण्डमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बैतडीस्थित जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बैतडी सिगास गाउँपालिका–९ रमिलापुरस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे बझाङ सडकखण्डमा पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार