काठमाडौँ । नेपालको राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलछाम र षड्यन्त्र गर्ने नेताको रुपमा परिचित छन् ।
सरकारमा जान अन्य दलहरुसँग मात्र होइन पार्टीमा एक छत्र राज गर्न प्रचण्डले निकै छलपकट गर्छन् । प्रचण्डकै कारण फेरि माओवादी फुटको संघारमा पुगेको छ । यदि माओवादी फुटेको खण्डमा भने २०८४ को आम निर्वाचमा माओवादीको पत्तासाप हुनेछ ।
०८४ को निर्वाचनमा ५ सिटमा झर्ने आंकलन गरिएको माओवादी कुनै बेला संसद्मा पहिलो पार्टी थियो । जंगलबाट शान्तिपूर्ण राजनीतिमा फर्किएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बन्यो ।
त्यसबेला माओवादीले ६०१ सीटका लागि भएको निर्वाचनमा एक्लैले २२९ सीट ल्याउदै संसदको पहिलो ठुलो दल बनेको हो । त्यसपछि २०७० सालमा ५९९ सिटका लागि भएको दोस्रो संविधानसभाको निर्वाचनबाट माओवादीको ओरालो यात्रा सुरु भयो । त्यसबेला माओवादी ८३ सिट ल्याउदैँ तेस्रो दलमा खुम्चियो ।
माओवादी तेस्रोमा खुम्चिए पनि प्रचण्डको सत्तायात्रा रोकिएन । त्यस्तै माओवादी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्दा समेत प्रत्यक्षतर्फ ३७ सिट मात्रै जित्यो । जसअनुसार समानुपातिकतर्फ १७ गरी माओवादी जम्मा ५४ सिट जितेर संसदमा तेस्रो ठूलो दल बन्यो ।
गत निर्वाचनमा पनि माओवादी कांग्रेससहितको पाँच दलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रियो । तर, माओवादी ३२ सिटमा झर्यो । ती ३२ सिटमा प्रत्यक्षतर्फ १८ तथा समानुपातिकर्फ १४ सिट जितेको हो । माओवादीको ओरालो यात्रा ०८४ मा पनि कायम जारी रहनेमा कुनै दुई मत छैन ।
माओवादीको ओरालो यात्रा लाग्नुमा प्रचण्डकै हात छ भन्दा फरक नपर्ला । यसबारे थाहा पाउन विगतलाई नियालेर हेर्नुपर्छ । इतिहासमा निर्मल लामासँग लड्न प्रचण्डले बाबुराम र मोहन वैद्यहरूको काँधमा टेके । पछि आफ्नो सत्ता जोगाउन बाबुराम र मोहन बैद्य ‘किरण’ लाई जुधाए ।
किरण, बाबुराम पार्टीबाट बाहिरिएपछि जनार्दन र वर्षमानलाई जुधाए । कहिले बादल र महरा जुधाएर आफू सुप्रिमो बनिरहे । प्रचण्डकै कारण विप्लव माओवादीबाट अलग भए ।
उनको यो अपारदर्शी र व्यक्तिवादी कार्यशैली र राजनीतिक चिन्तनविरुद्ध पार्टीभित्र लोकतन्त्रको मुद्दा उठाएबापत अब जनार्दन शर्मा ‘प्रभाकर’ लाई दण्डित गर्न प्रचण्डले खेल खेलिरहेका छन् ।
उनकै गृहजिल्ला रुकुम पश्चिम पुगेर पार्टी छोडेर गए पनि केही फरक नपर्ने उद्घोष गरे । प्रधानमन्त्री हुँदा बालुवाटारमै प्रचण्डले जनार्दनलाई ‘मलाई मेरो पार्टी चलाउन दिएर तपाईं आफ्नो आफ्नो पार्टी बनाउनुस्’ भने ।
जनार्धनले प्रचण्डले आत्मसमिक्षा गर्नुपर्ने माग राखेपछि प्रचण्डले जनार्धनलाई धम्क्याउदै माफी माग्न निर्देशन दिएका छन् । जनार्दनले प्रचण्डले पहिला माफी माग्नु पर्ने शर्त राखेका छन् ।
बाबुराम, किरण, बादल। विप्लव र सीपी गजुरेलजस्ता नेता पार्टीबाट अलग भएपछि आफू सर्वेसर्वा भएकोमा गर्व र घमण्ड गरेर गजक्क बसेका प्रचण्डले अहिले खेलिरहेको नीतिविहीन खेलले माओवादीको नामै हराउने डर छ ।