गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरूको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरू पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए ।
दलालको प्रलोभनमा परेका उनीहरूलाई भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुक लैजान लागिएको थियो । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका ५ देश लैजाने क्रममा उद्धार गरिएको छ ।
खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरूले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।