मंगलवार, आश्विन १३ गते २०८३

जनकपुरमा रेलवे लिक क्रस गर्दा रेल र कार ठोक्किए

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् ।

बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।

रेल भांगहाबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार