काठमाडौँ । कैलालीको कारागारमा ३६ घण्टासम्म पनि प्रहरी कैदीबन्दीको सामु पग्न सकेन । कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।
भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरूले कारागार परिसरमा पुगेर सोधखोज गरे । तर, प्रहरीलीले उननीहरुलाई गेटमै रोक्यो कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी भित्र आए मारिदिने धम्की कैदीबन्दीको छ । तर, ४० घण्टापछि प्रहरी कैदीबन्दी रहेको स्थानमा पुगेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर घटनास्थल छिरेका छन् ।
तर, कैदीहरुबीच झडप गराउने को हो ? यसको सही जवाफ हो राज्य । कारागारमा पुगेका हरु अपराध गर्नेहरु हुन् । उनीहरुलाई सुर्धानको लागि कारागारमा कैद गरिन्छ । तर, यहाँ सुधार्ने भन्दा झनै अराजक बनाउने काम भइरहेको छ । त्यो पनि राज्यबाट ।
१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई खोरमा बाख्रा हुले झै गरि राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँमा राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ । तर, राज्य नदेखे जस्तो गर्छ । शनिबार भएको घटनामा एक जनाको मृत्युको जिम्मेवारी राज्य लिनुपर्ने माग भइरहेको छ ।
सुरक्षामा गम्भीर लापरबाही
यो घटनाबारे कारागार प्रशासनदेखि त्यहाँको सुरक्षाका लागि खटिएको टोली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म जानकार भएको पाइएको छ ।
कारागारभित्रै विभिन्न समूहका नाममा अवैध गतिविधि, धम्की, लागुऔषध कारोबारसम्मका हुने गरेको र आफूहरू असुरक्षित रहेको भन्दै ५९० कैदीबन्दीले १४ साउनमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए ।
आयोगको सुदूरश्चिम प्रदेश कार्यालय धनगढीमा निवेदन आएपछि आयोगले १९ साउनमै आवश्यक पहल गर्न भन्दै जिल्ला कारागार कार्यालयलाई पत्र लेखेको थियो । पत्र प्रधानमन्त्री कार्यालयसम्मलाई समेत बोधार्थ दिइएको थियो ।
डेढ महिना अघि पनि कैदीको मृत्यु
कैलाली कारागारमा करिब डेढ महिनाअघि पनि एक व्यक्तिको पनि रहस्यमय मृत्यु भएको थियो । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका डडेल्धुरा भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा कैलाली कारागारमा मृत्यु भएको हो ।
२९ जेठमा पक्राउ परेर कारागार पठाइएका पाली मृत्यु घटनामा अहिले नेपाल प्रहरीका असई नै पुर्पक्षका लागि कारागारमा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत असई हरिजित नाथलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनी कारागारमा छन् । कारागारभित्र बेथिति र असुरक्षा बढेको पूर्वजानकारी हुँदासमेत प्रशासन निरीह देखिएको छ ।