शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालले नयाँ दलको नाम परिवर्तन गर्दै, के जुर्ला नयाँ नाम ?

दल दर्ताका लागी पुन: निवेदन दिइने

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौँ । निर्वाचन आयोगले दल सम्बन्धि संशोधित नियमावली राजपत्रमा पत्रमा प्रकाशित गरी दल दर्ताका लागी बाटो खोलेपछि पूर्व प्रधानमन्त्री माधव नेपालले फेरी नयाँ दल दर्ताका लागी निवेदन दिने भएका छन् । 

उनले दलको नयाँ नम जुराएर प्रस्तावित दल दर्ताका लागी पुन: निवेदन दिने भएका हुन् । बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए । गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि परिवर्तन गर्न लागिएको हो ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको नेपालनिकट नेताहरूले बताएका छन् । निवेदनका लागि नेपालसहितका नेताहरू आजै आयोग जाने कार्यक्रम रहेको जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार