काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह रहेका छन् ।
उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनी मंगलबार बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको छ । अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ । आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन् ।