आइतवार, श्रावण २४ गते २०८३

चर्को आलोचनापछि ‘गले’ गृहमन्त्री लेखक : रविलाई काठमाडौँ ल्याउने तयारी

बिहिवार , श्रावण २९, २०८२

काठमाडौँ । भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बन्द कोठामा राखेको थियो ।  रविलाई थुनेको कोठामा झ्यालमा पनि प्लाइउड ठोकेर हावा समेत आउन दिएको थिएन । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रविलाई भेट्न कारागार पुगेपछि उनले रविमाथि अन्याय भएको बताउदै सबै कुराको खुलासा गरे । भट्टराईको खुलासा पछि रविको कारागार बसाइबारे थुर्पै टिकाटिप्णी हुन थाले ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामा राखिएको कोठाको झ्यालमा प्लाइउड लगाएर हावा समेत छिर्न नदिई मानव अधिकार हनन भएको भन्दै आलोचना भयो । यसबारे बुझ्न राष्ट्रिय मानव अधिकारको टिम भैरहवा पुगेर निरीक्षण समेत गरेको थियो । मानव अधिकारको टोलीले पनि रवि लामिछाने राखिएको कोठाको झ्याल बन्द गरिएको कुरा सत्य भएको बताएपछि सरकारको झन आलाचनो भइरहेको छ । य

सैबीच लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखिएको छ ।  कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको हो।

‘रास्वपाका सभापति रवि लामिछोन राखिएको कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ। निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

रविलाई काठमाडौँ ल्याउने तयारी 

रवि लामिछानेले कारागार सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको झन्डै दुई महिना भन्दा बढि भइसक्यो । अदालतले पनि उनलाई सरुवा गर्न आदेश दिएको छ । रूपन्देही अदालतले खोजेका बखत उपस्थित गराउने सर्तमा डिल्लीबजार सरुवा गर्न अनुमति दिएको थियो।  

अदालतको अनुमतिपछि लामिछानेको तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अनुमति मागियो। प्रशासनले पनि परिवारको निवेदन र अदालतको अनुमतिसहित कारागार कार्यालय रूपन्देहीमा पत्र पठायो। लगत्तै कारागार कार्यालय रूपन्देहीले उनको सरुवाका लागि कारागार व्यवस्थापन विभागमा पत्र पठायो। 

तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकिदियो । गृहमन्त्रीले रविको कारागार सुरुवा रोक्नुको कारण भनेको रास्वपाले उनको राजीनामा माग्नु हो । लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले उनको राजीनामा माग्दै आइरहेको छ । त्यसैको रिसमा गृहमन्त्रीले रविको कारागार सरुवा राकेका हुन् ।

सत्ताको दुरुपयोग गर्दै रविको कारागार सुरुवा रोकेपछि गृहमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ । चर्को आलोचना भएपछि अन्तत गृहमन्त्री लेखक गलेका छन् ।

अब रविलाई केही दिनमा काठमाडौँको डिल्लीबजार कारागार ल्याउने तयारी भएको छ । गृहमन्त्रीले भने, ‘ रवि लामिछाने जीलाई छिट्टै काठमाडौँ ल्याउने तयारी भइरहेको छ । यसको प्रक्रिया मैले नै गरिरहेको छु’ डिल्लीबजारबाटै पार्टी चलाउने तयारी रविको छ । रवि डिल्लीबजार कारागार आएपछि नेताहरुले उनलाई भेट्न सहज हुनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार