मंगलवार, आश्विन १३ गते २०८३

भक्तपुर अदालतबाट गुण्डा नाइके चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा शुक्रबार अदालतले उनलाई एक लाख १० हजार रुपैयाँ धरौटी मागेको हो । आदेशलगत्तै धरौटी बुझाएर उनी रिहा भइसकेका छन् । गत वर्षको भदौं १० गते दिव्यश्वरी टाउन प्लानिङमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटना चक्रे मिलनको योजनामा भएको दाबीसहित मुद्दा दायर भएको थियो ।

शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा छाड्न भनेको हो । सर्लाहीको हरिवनका मनीष रायमाझीलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले प्रहरीमा जाहेरी दिएका थिए ।

अदालतमा उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको थियो । यो कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो ।

यस्तै पीडितलाई आवश्यक क्षतिपूर्ति भराइदिन पनि माग भएको थियो। घटना २०८१ भदौ १० गते साँझको हो । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार