काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुत अर्थात भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेको भन्दै आलोचना भइरहेको छ ।
दुई दिने भ्रमणका लागि आइतबार काठमाडौँ ओर्लिएका मिस्रीले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा उपरखुट्टी हालेपछि यतिबेला समाजिक संञ्जालमा अनेक थरिका टिकाटिप्पणी भइरहेका छन् ।
भेटवार्ताको सार्वजनिक तस्बिरमा मिस्रीले उपरखुट्टी हालेर बसेको देखिन्छ भने प्रधानमन्त्री ओली मुसुक्क हाँसेका छन् । मिस्रीले प्रधानमन्त्री ओलीतिर खुट्टा उचालेको देखिन्छ ।
कुनै पनि देशका प्रधानमन्त्री सँगको भेटमा कसरी बस्ने ?, कसरी बोल्ने ? यी विषयले निकै अर्थ दिने गर्छ । मिस्रीले भने खुलेआम प्रधानमन्त्री ओलीको अपमान गरेको आरोप लागेको छ । यस विषयमा प्रधानमन्त्री ओलीले भने मुख खोलेका छैनन् । नेकपा एमालेका नेताहरुले भने यस विषयमा असन्तुष्टि जनाएका छन् । ओलीका खास कार्यकर्ता हुन्म-हेश बस्नेत ।
अरु दिन ओलीको बचाउमा उत्रिने बस्नेतले मिस्रीले प्रधानमन्त्रीको अपमान गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले राष्ट्र र पदको गरिमा कमजोर बनाएको समेत दाबी गरेका छन् ।
‘भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालका प्रधानमन्त्रीसँग भेटमा खुट्टा चडाएर बसेको तस्बिरले सामाजिक सञ्जालमा आज धेरै नै चर्चा पाएको छ। हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ। व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ। कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं।’, बस्नेतले फेसबुकमार्फत भनेका छन् ।
तर,मिस्रीले राष्ट्रपति रामचन्द्र, पौडेल, सत्तारुढ दल र विपक्षी दलका शिर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । मिस्रीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठस्थित निवासमा भेट दिँदा सार्वजनिक भएको तस्वीरमा भने फरक आसन देख्न सकिन्छ । उनले त्यहाँ उपरखुट्टी लगाएका छैनन्।
त्यस्तै, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारस्थित निवासमा भेटका क्रममा सार्वजनिक भएको तस्वीरमा पनि मिस्रीको आसन प्रधानमन्त्री निवासमा जस्तो देखिँदैन ।
मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उक्त भेटमा समेत मिस्रीको बसाइ अन्य नेताहरूलाई भेट्दाको जस्तै देखिन्छ ।
तर, किन मिस्रले प्रधानमन्त्री ओलीसँगको भेटमा मात्रै अपमानजनक हर्कत देखाए ? अहिले यो प्रश्न खडा भएको छ । भारतले ओली प्रधानमन्त्री बनेको फिटिक्कै मन पराएको छैन । ओलीलाई भ्रमणको निम्तो दिनको लागि भारतले एक वर्ष भन्दा बढि सयम लगायो । त्यहीमाथि जम्मा दुई दिने भ्रमणको निम्तो दिएको छ ।
नेपालको इतिहासमा नेपालका प्रधानमन्त्रीलाई भारतले यति ढिला भ्रमणको निम्तो दिएको यो पहिलो पटक हो । भारतले प्रधानमन्त्री ओलीलाई सहज रुपमा नलिएकाले मोदीका दुत बनेर काठमाडौँ आएका मिस्रीले ओलीसँगको भेटवार्तामा संयमित नअपनाएको विश्लेषण भइरहेको छ ।