काठमाडौं। पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब मलेसियाको प्रधानमन्त्री बनेका छन्। मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका हुन्। ६१ वर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुन् र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनुपूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरिसकेका थिए।