काठमाडौँ । नेपाल सानो र गरिब देश भएता पनि विश्कै शक्तिसाली अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमाथि सहानुभूति देखाएका छन् । छिमेकी देश भारतमाथि ट्रम्पले एकपछि अर्को बोल्ड कदम चालिरहेका छन् । ट्रम्पको एक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हैरान भएका छन् ।
अधिकांशको अनुमान थियो-अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीपछि मोदी झुक्छन् । तर, भइदियो ठिक उल्टो । मोदी झुक्नु त परैको कुरा छ उल्टै उनले ट्रम्पसँग आफू भिड्नको लागि तयार भएको प्रतिक्रिया दिएपछि विश्वको ध्यान खिचेको छ ।
‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनु पर्नेछ, तर म यसको लागि तयार छु ‘। मोदीले भनेका छन् ।
मोदीले नझुक्ने जवाफ दिएपछि ट्रम्प झनै आक्रोशित बनेका छन् । अमेरिकासँगको द्धन्द्धले भारत ठुलो संकटमा फस्ने देखिन्छ । ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार लगाइदिएपछि भारत आहत बनिरहेका बेला त्यही नीति नेपालका लागि भने ठूलो अवसरका रूपमा उदाएको हो । अमेरिकाले भारतलाई ‘जस्तालाई त्यस्तै भन्सार’ (रेसिप्रोकल ट्यारिफ) बापत ५० प्रतिशत भन्सार लगाएको छ । भारतले रुसबाट तेल किनिरहेको आरोपमा ट्रम्पले भारतमाथि बोल्ड कदम चालेका हुन् ।
तर, अमेरिकाले नेपाललाई भने १० प्रतिशत मात्रै रेसिप्रोकल भन्सार लगाएको छ । यस्तो अवस्थामा नेपाल र भारतबीचको भन्सार दरमा ४० प्रतिशत फरक हुनेछ । ट्रम्पको यसै कदमबाट सहजै बुझ्न सकिन्छ उनी नेपालसँग नरम छन् । विगतदेखि नेपाललाई हेप्दै आएको भारतसँग भने ट्रम्प आक्रामक देखिएका हुन् ।
अमेरिकाले भाइरलाई रुसबाट सस्तोमा तेल किनेर उच्च मूल्यमा बच्ने कार्य नगर्न चेतावनी पनि दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर ‘नाफा कमाउने’ काम गरेको बताउदै त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले भारतमा कुल ५० प्रतिशत कर लगाएको बेला बेसेन्टको टिप्पणी आएको हो। बेसेन्टले भने, ‘रूस युक्रेन युद्धपछि रूसबाट चीनको तेल आयात केवल ३ प्रतिशतले बढेको छ, जबकि भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ। भारतले केवल नाफा कमाएको छ। यसले यसबाट १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ। भारतका केही धनी परिवारहरूले यसबाट नाफा कमाएका छन् ।भारतको यो व्यापार युद्ध सुरु भएदेखि नै चलिरहेको छ। यो पूर्णतया अस्वीकार्य छ।’
मोदीले आफू ट्रम्पसँग भिड्न तयार रहेको संकेत गरेपछि ट्रम्प झनै आक्रोशित भएर तेल उच्च मुल्यमा बेच्ने कार्य बन्द गर्न अमेरिकाले चेतावनी दिएको हो । जे होस् नेपालमाथि बल मिच्चाइ गर्दै आएको भारतसँग ट्रम्प आक्रोशित देखिदा नेपालसँग भने नरम देखिएका छन् ।