शनिवार, आश्विन २४ गते २०८३

बाहिर आएजस्तो कसैलाई धोका दिएको छैन, मलाई ओली र नेपाल दुबैको साथ छ : अष्टलक्ष्मी शाक्य

शनिवार , भाद्र ५, २०७८

काठमाडौँ । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बाहिर आएजसरी नेता माधव नेपाललाई धोका नदिएको दावी गरेकी छन् । गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम भएको उनको आरोप छ । 

उनले बरु मुख्यमन्त्री बन्नमा आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताएकी छन् । एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले दुवै नेताको साथ र सहयोग पाएर मुख्यमन्त्री भएको बताइन् । 

साथै उनले नभएका कुरा गरेर गलत सन्देश नफैलाउन पनि आग्रह गरेकी छन् । मुख्यमन्त्री शाक्यले एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताइन् ।

आफू पार्टी एकताको पक्षमा रहेको उनको भनाई छ । यसअघी माधव नेपाल समुहमा रहेर ओलीको चर्को आलोचना गर्दै आएकी शाक्यलाई मुख्यमन्त्री पद पाएपछि माधव नेपालको साथ छोडेर ओली पक्षमा लागेको समाचारहरु आएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार