आइतवार, श्रावण २४ गते २०८३

चीनमा प्रधानमन्त्री ओलीलाई झट्का : फेरि सीसँग लिपुलेक भारतको भएको मोदीको संज्ञा

आइतवार , भाद्र १५, २०८२

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपालमाथि हेपाहा प्रवृति देखाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पेलानमा परेका मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फकाउनको लागि नेपालको भूमीमाथि फेरि बलमिच्याईँ गरेका हुन् । 

कुनै बेला भारतको शत्रु थियो-चीन । तर, ट्रम्पले भारतमाथि ५० प्रतिशत कर ठोकेपछि मोदी चीनसँग नजिकिन अनेकौँ कदम चालिरहेका छन् । 

शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीसँग लिपुलेक नेपालको भूमी भएको र भारत चीनबीच व्यापारीक नाका खोल्ने सहमतिप्रति घोर आपत्ति भएको बताएका थिए । 

तर, प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको हो भने लगत्तै मोदीले फेरि नेपालको भूमीमाथि गिद्दे नजर लगाएका छन् । मोदीले लिपुलेकबाट व्यापारिक सिमा खोल्ने सहमति र त्यसले दुई देशलाई सफलता मिलेको तर्फ लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने—कैलास मानसरोबर यात्रा पुन सुरू भएको छ ।

मोदी र  सीबीच आइतबार बिहान ५० मिनेट लामो कुराकानी भएको थियो ।उक्त कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले हिन्दी भाषामै राष्ट्रपति सीसँग कुरा गर्दै कैलाश मानसरोवर यात्रा फेरि सुरू भएको भएको बताएका हुन् ।  

‘हाम्रो सम्बन्ध सकारात्मक दिशामा गएको छ।, सीमामा डिसइन्गेजमेन्टपछि शान्ति र स्थिरता बनेको छ । कैलाश मानसरोवर यात्रा फेरि सुरू भएको छ।’, मोदीले भने । 

उनले नेपालले आफ्नो भनिरहेको लिपुलेक पासबाट व्यापारिक नाका र कैलाश मानसरोवर रूट खोल्ने विषयमा पनि राष्ट्रपति सीसँग कुरा राखेका हुन् । नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने भदौ ३ गतेको नयाँ सहमतिबारे पनि उनले सीसँग व्याख्या गरे । 

यसैबीच चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट भएको छ । उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’मोदीसँगको भेटमा ओलीले लिपुलेकको विषय उठाएको या नउठाएको यसबारे केही खुलाइएको छैन । 

विवाद के हो ? 

नेपालको भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले अतिक्रमण गर्दै आइरहेको छ ।  यसैबीच गत भदौ २ गते भारत पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र समकक्षी एस. जयशंकरबीच भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने नयाँ सहमति गरेपछि नेपालमा तरंग फैलियो।

भारतीय अतिक्रमणमा परेको लिपुलेक पासलाई व्यापारिक नाकाका रुपमा उपयोग गर्न चीनले समेत सहमति जनाएपछि नेपालले त्यसबेलै असन्तुष्टि प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले लिपुलेकसहित काली नदीपूर्वको भूमि पालको भएको कुरा स्मरण गराएको थियो।

शनिबार संघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थ्यान्चिन सहरमा पुगेका प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी चिनफिङसँग नेपाली भूमि लिपुलेक पासबाट व्यापार अघि बढाउन चीनले गरेको सहमतिप्रति आपत्ति प्रकट गरे । 

तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई बाइपास गरेर भएको सहमति अस्वीकार्य भएको बताएका हुन्।

उता जवाफमा राष्ट्रपति सीले लिपुलेक पास हुँदै व्यापारिक नाका खोल्ने चीन–भारत सहमतिबारे पनि जवाफ दिएका दिएका थिए । राष्ट्रपति सीले नेपालको दाबीप्रति सम्मान प्रकट गरेका थिए । तर, प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूमी हो भनेलगत्तै मोदीले फेरि सीसँग लिपुलेक भारतको भूमी भएको संज्ञा गरेपछि फेरि विवाद उत्कर्षमा पुग्ने देखिन्छ । 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार