मंगलवार, आश्विन १३ गते २०८३

बौद्धमा खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ परेर काठमाडौं ल्याइएको छ ।

स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोग मा उनीहरुलाई काठमाडौं ल्याएको हो । १२ साउनका राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएका थिए ।

काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्नहरुलाई भारतमा पक्राउ परेर काठमाडौं ल्याएको हो । यसमा संलग्न तीन जनालाई दिल्लीबाट काठमाडौं ल्याइएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार