काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र रिक्त पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रले प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डे, कर्णालीमा शक्ति बस्नेतलाई इन्र्चाज तोकेको छ । त्यस्तै सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।