शनिवार, आश्विन २४ गते २०८३

किन पुगे माधव नेपालसहित नेताहरु एकान्तवास वस्न चन्द्रागिरी रिसोर्ट ?

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू चन्द्रागिरी रिसोर्ट पुगेका छन् । नेता माधव कुमार नेपालसहित नेताहरु आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेको समाचारमा जनाइएको छ । रिसोर्टमा नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरूका लागी करिब ५० बेड बुकिङ गरिएको जनाइएको छ ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।

त्यस्तै बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला त्यसलाई असर पार्न नदिन पनि उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार