काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भक्तपुरको गुन्डुमा जारी रहेको छ ।
बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुन्डु सरेकाले उनकै निवासमा बैठक बसेको हो । भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि ओली राजीनामा दिन बाध्य भएका थिए ।
सरकार ढलेसँगै नेकपा एमालेभित्र अब ओलीको विकल्प खोज्नुुपर्ने बहस चलेको छ । यस्तो बहसकै बीच पहिलो पटक बोलाइएको सचिवालय बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
सचिवालय बैठक बोलाउनुअघि ओलीले सचिवालयमा रहेका नेताहरुलाई आफ्नो निवासमा एक्लाएक्लै बोलाएर छलफल गरेका थिए ।