शनिवार, आश्विन १७ गते २०८३

बाढीले एमाले पार्टी कार्यालयसहित आसपासका बस्ती जोखिममा

शनिवार , आश्विन १८, २०८२

काठमाडौं। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसहितका बस्ती जोखिममा परेको छ ।

मनोहरा खोला र बागमतीमा आएको बाढीका कारण च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसहितका बस्ती जोखिममा परेको हो । बाढीको तीव्र बहावले  पुलमा खतराको संकेत देखिएको छ ।

यस्तै एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुबानमा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार