शुक्रवार, आश्विन २३ गते २०८३

पार्टीलाई एक हुन नदिने तर विभिन्न बहाना बनाएर अल्झाइराख्ने ओलीको नियत हो : माधव नेपाल

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । एकीकृत समाजवादी पार्टीका संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेर नयाँ पार्टी खोलेको बताएका छन् । 

मंगलबार पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे ।

जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको उनले आरोप समेत लगाएका छन् । पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनको भनाई छ । यसअघी सोमबार मात्रै लामो समय नेतालको समुहमा रहेर अन्तिम समयमा नेपालको साथ छाडेको नेताहरुसंग ओलीले जेठ २ मा फर्कने सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । 

ओलीसंग समहमति पछि नेता योगेश भटट्राईले नेपालले नयाँ पार्टी बनाउन हतार गरेको भनाई राखेका थिए । नेता नेपालले भने आफुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोले नयाँ पार्टी खोलेको प्रतिक्रिया दिएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार