बिहिवार, आश्विन १५ गते २०८३

तालिबानलाई बाइडेनले दिए यस्तो जवाफ, अब के होला?

बुधवार , भाद्र ९, २०७८

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानलाई जतिसक्दो चाँडो अफगानिस्तानबाट बाहिरिन खोजेको जवाफ दिएका छन्। काबुल कब्जा गरेको तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ। विदेशी सेना आफ्नो भूमिमा रहेसम्म सरकार गठन नगर्ने तालिबानले बताउदै आएको छ।

अमेरिकी गठबन्धनलाई अफगानिस्तानबाट ३१ तारिखसम्म हट्न भनेको थियो। यो समयसीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नै तय गरेका थिए। तालिबानले समयसीमा पालना गर्न, अन्यथा स्थिति प्रतिकूल हुने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक ट्वीटमार्फत त्यसको जवाफ दिएका हुन्। उनले १४ अगष्टदेखि हालसम्म ७० हजार ७०० मानिसहरूलाई अफगानिस्तानबाट निकालिएको जानकारी दिएका छन्। 

यस्तै तालिबानले अफगानिस्तानबाट अमेरिकाले इञ्जिनियरलगायत दक्ष जनशक्ति पनि लगिरहेको भन्दै असन्तुष्टि जनाएको छ। तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले भनेका छन्, ‘अमेरिकाले दक्ष अफगानीहरूलाई लगिरहेको छ, यहाँ इञ्जिनियर बाँकी छैनन्, उनीहरूसँग विमान र विमानस्थल छ, आफ्ना नागरिक र ठेकेदारलाई मात्रै यहाँबाट लैजानुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार