आइतवार, श्रावण २४ गते २०८३

विश्व बैंकले रोक्यो अफगानिस्तानलाई दिँदै आएको अनुदान 

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । विश्व बैंकबाट अफगानिस्तानले पाँउदै आएको अनुदान रोकिएको छ । विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको जनाएको छ । बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो ।

आफगानिस्तान तालिबानको नियन्त्रणमा पुगेपछि बैंकले सहयोग रोकेको हो । तालिबानको कब्जापछि देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको बैंकले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भुक्तानी निलम्बन गरेको एक दिनपछि विश्व बैंकले यस्तो कदम चालेको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार