मंगलवार, आश्विन १३ गते २०८३

सेयरबजारमा ९.६२ अंकको गिरावट

मंगलवार , आश्विन १३, २०८३

काठमाडौँ । सेयरबजारमा गिरावटले निरन्तरता पाएको छ। 

सरकारले लगानीकर्तालाई आश्वस्त पार्न अनेक प्रयास गरे पनि बजार घट्दो लयमा नै देखिएको हो। 

साताको सुरुवातमै घटेको बजार दोस्रो कारोबार दिन पनि ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको हो। यस दिन सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। ४ अर्ब ६५ करोडको मात्र कारोबार भएको छ। 

सोमबार १६ अंकले बजार घटेको थियो भने ५ अर्ब हाराहारीमा कारोबार भएको थियो। त्यसअघिका कारोबार दिनमा पनि बजारमा रौनक छाएको छैन। 

मंगलबार त्यही लयले निरन्तरता पाएको छ। यस दिन ६९ वटा सेयर बढे पनि १९९ वटा घटेका र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन ८.१८ सम्म बढावट र ५.४४ प्रतिशतसम्म गिरावट दर छ। 

२२ करोडसम्म मात्र कारोबार भएको छ। हिमालयन डिस्टिलरीको उक्त कारोबार भएको हो। मंगलबार निर्जीवन बीमा र अन्य सूचक हरियो भए पनि बाँकी सबै घटेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार