शनिवार, आश्विन २४ गते २०८३

माधव नेपाल संयोजक रहेको नेकपा एकीकृत समाजवादीले वैधता पायो

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वैधता पाएको छ । एमाले नेता माधवकुमार नेपाल सांयोजक रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागी गत भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले निवेदनका आधारमा बुधबार सनाखतका लागी केन्द्रिय सदस्य सांसदहरुलाई आयोगमा बोलाएको थियो । उनीहरुमध्ये ५६ जनाले आज सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित नभएको जनाइएको छ । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।  united-samajbadi-party-birbachan-aayog.jpg
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार