शनिवार, आश्विन २४ गते २०८३

नेता नेपालले भने, नयाँ पार्टी जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्नेछ !

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्ने बताएका छन् । निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाएपछि पार्टीबारे जानकार दिन बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफूहरुले केपी ओलीले स्थापित गर्न खोजेको संस्कार र परिपाटी भन्दा नितान्त भिन्न तरिकाले अगाडी बढ्ने बताए । 

‘यो क्रान्तिकारी संस्कारयुक्त पार्टी हुनेछ, मार्क्सवाद र लेनिनवादप्रति समर्पित पार्टी हुनेछ’, नेता नेपालले भने, ’जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्नेछ। समाजवादको नेपाली मोडेल कस्तो हुनेछ भन्ने सोच अघि सार्नेछ र समाजवादको यात्रामा दृढताका साथ निरन्तर अगाडि बढ्नेछ।’

उनले यो पार्टी निजी स्वार्थका लागि लाग्ने व्यक्तिहरुको जमात नहुने पनि जिकिर गरे । ’यो कुसंस्कारीहरुको झुण्ड हुने छैन, यो एउटा नेताको प्रशंसामा जम्मा भएको भजनमण्डली पनि हुनेछैन’, उनले थपे ’यहाँ कसैका फोटाहरु पनि प्रदर्शन गरिने छैन। फोटाका सामु आरती उतार्ने काम कसैले गर्नेछैन।’ उनले हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले थाक्नेहरुसंग आफ्नो केही गुनासो नभएको भनाई राखे ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार