काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी सुधार गरेर, परिमार्जन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । उनले नेपालको हितमा प्रयोग होस् र त्यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् भन्दै उनि एमसीसी लागु गर्ने पषमा देखिए । उनले भने, ‘विदेशीहरूका विरुद्धमा लक्षित नहोस्, एमसीसीले नेपाली हितको कुठाराघात नगर्ने गरी अगाडि बढाउनुपर्छ ।
खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले अगाडि सारेका मान्यताअनुसार अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको नेपालले प्रष्ट पारे । एमसीसीबारे अध्ययन गर्नका लागि तत्कालीन नेकपाले खनालको संयोजकत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलमा रहेका खनाल र रावलले एमसीसी परिमार्जनसहित अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए भने ज्ञवालीले जस्ताको तस्तै संसद्बाट पारित गर्नुपर्ने फरक मत लेखेका थिए ।