काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट भएको छ । विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको र तालिबानका केही सुरक्षाकर्मीहरू घाइते भएको तालिबान अधिरकारीलाई उद्धत गर्दै बीबीसीले जनाएको छ । समाचार अनुसार मृतकको संख्या अझै बढ्नसक्ने जनाएका छन् ।
समाचार एजेन्सी एपीले भने रुसी अधिकारीलाई उद्धृत गर्दै १३ जनाको मृत्यु भएको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले काबुल विमानस्थलबाहिर भएको विस्फोटमा अमेरिकी नागरिकको पनि हताहत भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिका लगायतका देशले काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने बताउँदै आएका थिए । काबुल तालिबानको कब्जामा आएसंगै मुलुक छोड्न चाहनेहरुको भिडका कारण काबुल विमानस्थल अस्तव्यस्त रहँदै आएको छ । विष्फोट कसले किन र कसले गराएको हो भन्ने खुलाइएको छैन ।