शनिवार, आश्विन २४ गते २०८३

साथ छाडेका फर्किए नेतृत्व छोड्न तयार छु : माधव नेपाल

शनिवार , भाद्र १२, २०७८

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनपछि आफ्नो साथ छोडेका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छाड्न तयार रहेको घोषणा गरेका छन् ।  

आफ्ना साथ छाडेका एमाले दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गर्दै अध्यक्ष नेपालले उनिहरु आए आफुले अध्यक्ष पद छोड्ने घोषणा गरे । पार्टी निकट पेसागत महासङ्घ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको दोहोर्‍याए । 

उनले नेताहरुलाई आफ्नो पार्टीमा आएर नेतृत्व नि समेत आग्रह गरे । उनले  भने, ‘आउनुहोस् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार