आइतवार, श्रावण २४ गते २०८३

एनपीएल : आज एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

बुधवार , मंसिर २४, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ।

काठमाडौँ अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्। यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। त्यसैले आजको खेल काठमाडौँ र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन्। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार