आइतवार, श्रावण २४ गते २०८३

टस जितेर काठमान्डु गोर्खाले पहिले ब्याटिङ गर्दै

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । कुनै परिवर्तन गरेको छैन् । लुम्बिनीले एक परिवर्तन गरेको छ । सुमित महर्जनको स्थानम दिनेश अधिकारी आएका छन् ।

यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ । अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्‍वालिफायरमा खेल्नुपर्ने हुन्छ ।

पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि (बिहीबार) खेल्नेछ । काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ ।

काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउन चाहन्छ ।

काठमान्डु गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन र सन्नी पटेल ।

लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला ।

प्रतिक्रिया
सम्बन्धित समाचार