काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले १४ रनमै चार विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमा आकाश त्रिपाठीलाई गुमाएको हो । त्यतिवेला चार रन मात्रै बनाएको थियो । त्यसपछि तेस्रो ओभरको पहिलो बलमा सन्नी पटेल आउट भएका थिए । उनी सात रन बनाएर आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा चौथो ओभरको पाँचौ बलमा मिलिन्द कुमारलाई गुमायो । उनी दुई रन बनाएर आउट भए । त्यसपछि पाँचौ ओभरको पहिलो बलमा बेन चार्ल्सवर्थ आउट भए । उनले चार रन मात्रै बनाउन सके । त्यतिवेला काठमाडौंको १४ रन मात्रै भएको थियो ।
लुम्बिनीका लागि शेर मल्ल र रुबेल ट्रम्पलम्यानले दुई-दुई विकेट लिए । अहिले काठमाडौंका भीम सार्की र जोन सिमसन क्रिजमा छन् ।