काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । विराटनगरले खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ । विराटनगरले सूर्य तामाङ, नारायण जोशीको स्थानमा शंकर राना र सुवास भण्डारी प्लेइङ ११ मा ल्याएको छ ।
लुम्बिनीले भने एलिमिनेटर खेलको टोलीलाई नै निरन्तरता दिएको छ । लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेलेको हो । यो नकआउट खेल भएकोले पराजित हुने तेस्रो हुँदै बाहिरिनेछ भने जित्नेले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल्नेछ ।
विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, शंकर राना, नरेन भट्ट, सुवास भण्डारी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे ।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला ।