आइतवार, श्रावण २४ गते २०८३

उत्कृष्ट खेलाडी घोषित हुँदै रोहितले जिते कार

शनिवार , मंसिर २७, २०८२

काठमाडौँ । लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

टोलीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका रोहितले जेको जे-५ कार पाएका छन्। यो इभी कारको बजार मूल्य ६१ लाख रूपैयाँ पर्छ। 

लुम्बिनीको च्याम्पियन यात्रामा कप्तान रोहितकुमार पौडेलको ब्याटबाट अर्धशतक त निस्किएन तर उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा तथा नेपाली ब्याटरमा शीर्ष स्थानमा रहे। उनले १० खेलमा २७६ रन रन प्रहार गरे।

शीर्ष स्थानमा रहेका पोखराका एडम रोसिङटनले ३२३ रन प्रहार गरेका थिए। तेस्रो स्थानमा रहेका सुदूरपश्चिमका विनोद भण्डारीले २६४ रन बनाए।  रोहितले बलिङतर्फ उनले १० विकेट लिने भने सर्वाधिक विकेट लिने बलरको दशौं स्थानमा रहे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार