काठमाडौं। सत्ता गठबनधनको बैठकले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको छ। बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे भएको छलफलमा सम्भवत बुधबार मन्त्रिमण्डलले पुर्णता पाउने बैठकपछि एक नेताले जानकारी दिए। बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा गठबन्धनका नेताहरुले अध्यादेशमार्फत ल्याइएको बजेट सच्याउन पनि सुझाव दिएका छन्।
माधव नेपालको पार्टीलाई उपसभामुखसहित ६ वटा मन्त्री
माधव नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करिब निश्चित भएको छ। उपसभामुखमा सरला यादव र कल्याणीकुमारी खड्का मध्ये एकलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका छन्। त्यस्तै मन्त्री बन्नेको सूची पनि लगभग तयार अवस्थामा राखिएको छ। पार्टी निकट स्रोतका अनुसार नयाँ पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, मेटमणि चौधरी मन्त्री बन्ने निश्चित जस्तै भएको छ।