नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए । यसअघि नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन, ओपनर साहिल पटेलले १८, निरज यादवले १४, आशिष लुहारले २३ रन बाहेक अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
बंगलादेशका बलर मोहम्मद सोबुजले सर्वाधिक तीन विकेट लिए । साद इस्लाम र शाहरियार अहमदले २२ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।