आइतवार, श्रावण २४ गते २०८३

नेपालद्वारा अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य

बुधवार , पौष २, २०८२

काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ ।

दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाएका छन् । चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडेका छन् ।

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई–दुई विकेट हात पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार