आइतवार, श्रावण २४ गते २०८३

भारत–दक्षिण अफ्रिका चौथो टी–२० म्याच कुहिरोले स्थगित

बिहिवार , पौष ३, २०८२

काठमाडौं ।  भारत र दक्षिण अफ्रिकाबीच लखनउमा तय भएको चौथो टी–ट्वान्टी क्रिकेट म्याच कुहिरोका कारण रद्द भएको छ ।

घना कुहिरोका कारण अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो निर्णय लिनुअघि उनीहरुले टस गर्ने समय सार्दै ६ पटकसम्म मैदान निरीक्षण गरेका थिए । अन्तत: उनीहरु खेल खेलाउन नसकिने निष्कर्षमा पुगे ।

पाँच टी–ट्वान्टी क्रिकेट म्याचको यस सिरिजमा भारत २–१ ले अगाडि छ । पाँचौं तथा अन्तिम म्याच शुक्रबार अहमदावादमा खेलाइने छ । अन्तिम म्याचमा पाहुना टोली अफ्रिकालाई बराबरी गर्ने मौका छ । आयोजक भारतीय टोलीलाई भने ३–१ ले सिरिज जित्ने अवसर छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार