आइतवार, श्रावण २४ गते २०८३

टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा, शेर र विनोद समेटिए

आइतवार , पौष ६, २०८२

काठमाडौं । भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले पुस ७ गतेबाट सुरु हुने क्याम्पका लागि २४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग सिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम जस्ता खेलाडीले अवसर पाएका छन् ।

टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण के सी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेश कुमार सिंह छन् ।

क्यानले केही दिनको क्याम्पपछि विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गर्नेछ । टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ । नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार