काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् ।
उनलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।
सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको थियो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।