आइतवार, आश्विन २५ गते २०८३

मन्त्रिपरिषदलाई पुर्णता दिन बसेको सत्ता गठबन्धनको बैठकमा के भयो ?

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं।  मन्त्रिपरिषदलाई पूर्णता दिन भन्दै निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। मन्त्रिपरिषदलाई पुर्णता दिने भनिएपनि दलबीच भागबण्डा नमिल्दा निष्कर्षमा पुग्न सकेन। गठबन्धनमा आवद्ध दलबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनबीच आज दिउँसो पनि छलफल गर्ने बताइएको छ। बिहान झण्डै दुई घण्टा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार