काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्ने मा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।
तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको थियो।
उक्त मुद्दासहित सापकोटाविरुद्धको तीन थान मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको थियो। तर सो मुद्धाको आज सुनुवाई नहुने भएको हो।