रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्र सिंह एैरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन्।
नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेका शेर पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्। फब्रेवरी ७ देखि मार्च ८ सम्म चल्ने विश्वकपमा नेपालले बेलायत, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग खेल्ने छ।
नेपालका सबै खेल भारतको मुम्बइस्थित वानखेडे रंगशालमा हुने छन्।