आइतवार, आश्विन २५ गते २०८३

महाधिवेशनको मुखमा काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले किन दिए राजिनामा ?

बुधवार , भाद्र १६, २०७८

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।  उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

राजिनामा दिनुको कारण भने महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि रहेको जनाएको छ। उनले सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको उल्लेख छ ।

षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य नहुने उनले उल्लेख गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार